site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा रेस्टुरेन्टमा तास खेलिरहेका आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७, मसानगल्लीस्थित रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं–२५, भेडासिंमा बस्दै आएका महोत्तरीको भँगहा नगरपालिका–७ का ४४ वर्षीय कुशेश्वर साहसहितका व्यक्तिहरू छन् । शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ३८ हजार ६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्