site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ का ४५ वर्षीय निर्मल थापा छन् ।

३५ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्