site stats
बाह्रखरी :: Baahrakhari
देश
पटाकासहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँस्थित सडकबाट पटाकासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी–२, सन्तोषीटोलका ४१ वर्षीय मीनबहादुर बुच्चामगर छन् ।

करिब एक लाख चार हजार ३४० रुपैयाँबराबरको पटाकासहित शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सु.प.प्र.०१–००१ ज १४८२ नम्बरको कार जाँच गर्ने क्रममा त्यसभित्र उक्त मूल्यबराबरको पटाका फेला पारी चालक मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध कैलाली जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्