site stats
बाह्रखरी :: Baahrakhari
खेल
लेवान्डोवस्की र टोरेप्रेरित बार्सिलोनाको सहज जित 

काठमाडौं । रोबर्ट लेवान्डोवस्की र पाब्लो टोरेप्रेरित लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियाविरुद्ध ५–१ को सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्की र टोरेले समान दुई गोल गरे । यस्तै, अर्को एक गोल पेड्रीले थपेका हुन् ।

खेलको २४औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २८औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । 

३९औँ मिनेटमा लेवान्डोवस्कीले पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । ८२औँ मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्सिलोनाको अग्रतालाई ४–० मा पुर्याए ।

८७औँ मिनेटमा सेभियाका लागि स्टानिस इडुम्बोले एक गोल फर्काएका थिए । त्यसको अर्को मिनेटमा नै टोरेले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५–१ को सानदार जित हात पार्न सफल भएको हो ।
 
जितसँगै ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १० खेलबाट २७ अंक जोडेको छ । बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिडको समान खेलबाट २४ अंक छ । सेभिया भने १० खेलबाट १२ अंकसहित लिगको १३औँ स्थानमा छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्