site stats
बाह्रखरी :: Baahrakhari
देश
पानीमा डुबेर एकजनाको मृत्यु 

तुलसीपुर । कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । 

कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन् । प्रहरीले उनको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्