site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरा जान लागेका रविका समर्थक सवार गाडीलाई जुगेडीमा राेकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई समर्थन गर्न पोखरा जान लागेका उनका समर्थकहरूलाई प्रहरीले जुगेडीमा रोकेको छ । भरतपुर र आसपासका व्यक्ति सवार गाडीलाई प्रहरीले जुगेडीमै राेकेकाे हो ।

समर्थकले अवरोध गर्न सक्ने देखिएपछि मुग्लिनमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछाने आज पक्राउ गरेका हुन् । उनलाई आजै काठमाडौंबाट पोखरा लगिँदै छ ।

उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्