site stats
बाह्रखरी :: Baahrakhari
देश
रविलाई पक्राउ गर्न पुगेको प्रहरीलाई कुनै अवरोध नगर्न रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई कुनै अवरोध नगर्न पार्टी कार्यकर्तालाई आग्रह गरेको छ ।

रास्वपाका नेता मनिष झाले लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली पार्टी केन्द्रीय कार्यालय पुगेको र पार्टीका तर्फबाट प्रहरीलाई कुनै अवरोध नगर्न भनिएको बताएका छन् । 

उनले सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको पनि बताएका छन् । "राजनीतिक प्रतिशोध साँधेको कुरामा हामी स्पष्ट छौँ," उनले भनेका छन् ।

अगाडि उनले भनेका छन्, "पक्राउ गर्न आउनुभएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ ।"

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्