site stats
बाह्रखरी :: Baahrakhari
देश
यी प्रदेशमा हुनेछ आज चट्याङसहित वर्षा
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । चट्याङसहित वर्षाको सम्भावना रहेको हो । 

बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी वायुको प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको विभागले बताएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०५:५२
प्रतिक्रिया दिनुहोस्