site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन 

बाजुरा  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा गरेका छन् ।  

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका छन् । 

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्