site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

काठमाडौं । जापानको सत्तारूढ लिबरल डेमोर्क्याटिक पार्टी (एलडीपी)का नेता शिगेरु इशिबा संसद्का दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

६७ वर्षीय इशिबाले प्रतिनिधिसभामा ४६१ मध्ये २९१ मत प्राप्त गरे । उनले हाउस अफ काउन्सिलरमा २४२ मध्ये १४३ मत पाए ।

उनले आफ्नो मन्त्रिपरिषद्‌मा १३ जना पहिलोपटक, दुईको पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार मन्त्रीहरु रहने बताएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्