site stats
बाह्रखरी :: Baahrakhari
देश
विपद् अपडेट : २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

काठमाडौं । पछिल्लो विपद्‌बाट मुलुकभर २४२ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी २२ जना बेपत्ता र १२८ जना घाइते भएका छन् ।

विपद्‌बाट हालसम्म कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा १०१, वाग्मती १०८ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

बाढीपहिरोबाट मुलुकभर एक हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्