site stats
बाह्रखरी :: Baahrakhari
देश
झ्याप्लेखोला पहिरो : आज मात्रै १३ शव निकालियो

काठमाडौं । धादिङको झ्याप्लेखोला पहिरोबाट शनिबार र आइतबार गरी २७ वटा शव निकालिएको छ । 

धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार पहिरोमा बस र माइक्रो गरी चार वटा सवारीसाधन पुरिएको आशंका गरिएको छ । तीनवटा देखिएको छ भने अर्को खोजीको क्रममा रहेको उनले बताए । 

शनिबार १४ र आइतबार १३ वटा शव निकालिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी मिलेर शव निकाल्ने काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्