site stats
बाह्रखरी :: Baahrakhari
देश
खोलाले बगाउँदा युवतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

उदयपुर (गाईघाट) । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो । हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए । रासस

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्