site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरो र बाढीमा परेर १० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ । 

काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । 

बल्खु खोला किनारमा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान हुन भने बाँकी छ । 

काठमाडौंका नदी किनारका बस्तीमा पानी पसेपछि प्रहरीले उद्धार सुरु गरेको छ । तीनवटा बोटसहित सात सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्