site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाए कारबाही हुने भएको छ ।

चंगा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले उक्त कार्य गर्न निषेध गरिएको विमानस्थल प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

“विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेका छौँ । अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ,” उनले भने ।

दसैँ नजिकिँदै गर्दा अहिले विमानस्थल आसपासका क्षेत्रमा चंगा, बेलुन उडाउने कार्य बढिरहेका छन् । रासस
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्