site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

देउखुरी (दाङ) । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११, खुङकोटका निमकली साहुको ढुंगा माटोले बनेको घरमा मंगलबार चट्याङ लागेको थियो ।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

चट्याङमा परेर ४२ वर्षीया निमकली र उनकी ६ वर्षीया छोरी सविना घाइते भएकोमा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्