site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महिलालाई नेतृत्वमा पुग्न चुनौती छ : परराष्ट्रमन्त्री राणा 

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलालाई राजनीतिक तथा संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि चुनौती रहेको बताएकी छन् । 

“महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् । यससम्बन्धी मान्यता पनि विकास भएका छन्,” क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन्, “तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।”

लैंगिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकले झन् धेरै समस्या झेल्नु परिरहेको मन्त्री डा. राणाको तर्क छ ।  

“संसारमा महिलाको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुख महिला छन्,” उनले भनिन्, “महिला रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् । औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला छन् ।” 

कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेका उनको भनाइ छ । 

महिलाले विश्वव्यापी रूपमा पुरुषले पाएका कानुनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको उनले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्