site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकका ग्राहकलाई हरेक शनिबार बिग मार्टमा १० प्रतिशत छुट मिल्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई बिगमार्टका सबै स्टोरमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट योजना ल्याएको बैंकले जनाएको छ । छुट योजना हरेक शनिबारमात्र लागु हुने बताइएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको बैंकको भनाइ छ ।

Argakhachi Cement Island Ad

ग्लोबल आईएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्