site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णालीको जलसतहले पार गर्‍यो खतराको तह 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कर्णाली नदीमा जलसतहले खतराको तह पार गरेको छ । चिसापानी, कैलाली जलमापन केन्द्रमा जलसतहले खतरा तह (१०.८ मि) पार गरेको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले कैलाली र बर्दियाको नदी तटीय क्षेत्रमा रहनेहरूले साँझ ७ बजेसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्