site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङ जीप दुर्घटनामा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु 

काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२, भुंखानीमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा मृत्यु भएका तीनमध्ये एकजनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, पहिचान भएका मृतकमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा रहेकी छन् ।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा परी एकजना घाइते छन् । बागलुङ अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्