site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली नदी सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । कैलालीस्थित कर्णाली नदी शुक्रबार बिहान सतर्कता तह पार भएको छ । चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २८ बिहान ९ः२० बजे । कर्णाली नदी चिसापानी, कैलाली जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (१० मि.) पार गरेको र बढ्दो क्रममा रहेकोले कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोछ छ,” विभागको सूचनामा उल्लेख छ ।

qfmdsgm-1726200531.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्