site stats
बाह्रखरी :: Baahrakhari
देश
२३६ असई र ६४ इन्स्पेक्टरको आवेदन माग

काठमाडौं । नेपाल प्रहरीले २३६ प्रहरी सहायक निरीक्षक (असई) र ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि आवेदन माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै प्रहरीले अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो ।

सूचनामा उल्लेख भएअनुसार योग्य उमेदवारले भदौ ३० देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ ।

प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्नेछ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्