site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच महिनादेखि चिकित्सक बेपत्ता
प्रतीकात्मक तस्बिर ।

जलेश्वर । महोत्तरीको भंगहा नगरपालिका–२, बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गएको वैशाख ३ गतेदेखि बेपत्ता छन् ।

काठमाडौंमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेका थिए । त्यसपछि परिवारको सम्पर्कमा नआएकाले खोजीका निम्ति स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, उनले ०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए । सोही दिन दिउँसो ३ बजेदेखि यादवको मोबाइल बन्द रहेको उनकी श्रीमतीले बताइन् ।

बेपत्ता यादवको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्