site stats
बाह्रखरी :: Baahrakhari
देश
मनखोला सतर्कता तहनजिक
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाँकेस्थित मनखोला बेलगाउँ जलमापन केन्द्रमा बिहीबार बिहान जलसतह सतर्कता तहनजिक पुगेको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त नदीतटीय क्षेत्रको डुबान भइरहने होचा भूभागमा रहनेले आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २७, बिहान ७ बजे । बाँके जिल्लास्थित मनखोला बेलगाउँ जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले साँझसम्मै उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
ewfmsg-1726112118.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्