site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीका संसदीय समितिमा भागबन्डा मिल्यो

विराटनगर ।‌ कोसी प्रदेशका संसदीय समितिमा कांग्रेस र एमालेबीच भागबन्डा मिलेको छ । करिब दुई वर्षपछि संसदीय समितिमा नेतृत्व चयन गर्न प्रदेशसभाले निर्वाचन मिति तोकेको छ ।

पर्सि (शुक्रबार) निर्वाचन गर्ने कार्यतालिका बनाएसँगै दुई दलले भागबन्डा मिलाएका हुन् । सातमध्ये कांग्रेस र एमालेले तीन/तीन समिति लिने छन् । विपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको नेतृत्व पाउने छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय समितिको नेतृत्व लिन सहमति जुटेको बताए ‌।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्