site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारियो

काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको छ । आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका छन् ।

"सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन," उनले भनेका छन् ।

उनका अनसार, अब खाजा खाने समय दिउँसो १:३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ । ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए 'हेलो सरकार'मार्फत उजुरी दिन आग्रह गरेका छन् । 

"कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ," प्रधामन्त्री ओलीले भनेका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्