site stats
बाह्रखरी :: Baahrakhari
देश
भरुवा बन्दुकसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भरुवा बन्दुकसहित प्रहरीले अछामबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका–९, ओखरगैराका ६८ वर्षीय नन्दराम साउद र ६७ वर्षीय चिन कार्की छन् ।

शुक्रबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूका घरमा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

प्रहरीका अनुसार, साउदको घरनजिक बारीमा लुकाइराखेको अवस्थामा एकनाले भरुवा बन्दुक एकथान, सिसाका छर्रा १३ वटा र बारुद फेला परेको थियो । कार्कीको घरबाट एकनाले भरुवा बन्दुक एकथान, सिसाका छर्रा नौवटा र बारुद फेला पारी दुवैजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्