site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा विधेयकलाई थप व्यवस्थित गर्न उपसमिति गठन गरिने

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ । 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरेर विधेयकलाई अझ व्यवस्थित बनाइने बताए ।

उनका अनुसार, असल शिक्षा बनाउन आवश्यक मोडेलबारे समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाइने छ । उपसमिति भने आगामी बैठकबाट बनाइने छ ।

"असल शिक्षा बनाउनका लागि केके मोडेलमा जान सकिने हो ? हामी पनि प्रस्ताव गरौँ । सरकारको धाराण पनि यसमा संलग्न गरौँ । यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ कि भन्ने मेरो चाहना छ । मन्त्रीज्यूसँग पनि छलफल गरेको छु । यसलाई अन्तिमरूप दिन त्यो राम्रो हुन्छ कि जस्तो लागेको छ । सबै दलको प्रतिनिधित्व हुने गरी त्यो किसिमको समिति बनाऔँ भन्ने छ," उनले भने ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्