site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । 

आज साँझ लोलङ तरकारी बजारनजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

आज साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्