site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्रोत नखुलेको रकमसहित मोरङबाट आइतबार (हिजो) साँझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको फारबिसगन्जका ३९ वर्षीय अर्जुन कुमार छन् ।

६ लाख रुपैयाँसहित विराटनगर महानगरपालिका–१८, रेलवेलाइन दशगजाबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनी बीआर ३८ एल १९१४ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै थिए । जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्