site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्लामा चट्याङ लागेर १५ भेडा मरे
प्रतीकात्मक तस्बिर ।

जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् ।

तातोपानी गाउँपालिका–४, लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

गएको साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेका थिए ।

यसअघि, जुम्लाको कनकासुन्दरी, तिला र गुठीचौरका पाटनमा पनि चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्