site stats
बाह्रखरी :: Baahrakhari
देश
सामुदायिक वनमा तास खेलिरहेका चारजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा जुवातास खेलेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ का ४१ वर्षीय प्रेम रोकायालगायत व्यक्तिलाई पक्राउ गरिएको हो ।

गोदावरी–१, वनखेतस्थित सुरक्षा सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद २१ हजार ८८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्