site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

अछाम । लगातारको वर्षासँगै पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३, बुढाबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम छ । बाजुराबाट बाहिरिन र भित्रन लागेका यात्रुवाहक बस पहिरोका कारण वारिपारि रोकिएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने उनले बताए ।

योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज एवं प्रहरी निरीक्षक खगेन्द्र साउदको कमान्डमा प्रहरी टोली पहिरोस्थलमा खटिएको जनाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्