site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालसहित ३५ देशलाई श्रीलंका जान भिसा नलाग्ने (सूचीसहित)
तस्बिर स्रोत : जिका ।

काठमाडौं । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले आगामी अक्टोबर १ (भदौ १६) देखि लागु हुने गरी नेपाल, भारत, चीन, अमेरिकासहित ३५ मुलुकका नागरिकलाई बिना भिसा श्रीलंका प्रवेश गर्न दिन निर्णय गरेको हो ।

श्रीलंका मिररका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् ।

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले भिसा नलाग्ने मुलुकहरूको सूचीमा नेपाललाई पनि समेटेकोप्रति खुसी व्यक्त गरेकी छन् । एक्समा श्रीलंकाका विदेशमन्त्रीको पोस्टलाई रिपोस्ट गर्दै लम्सालले धन्यवाद दिएकी छन् ।

श्रीलंका जाँदा भिसा नलाग्ने देशहरूको सूची :

१. बेलायत
२. जर्मनी  
३. नेदरल्यान्ड्स 
४. बेल्जियम  
५. स्पेन  
६. अस्ट्रेलिया  
७. डेनमार्क  
८. पोल्यान्ड  
९. काजाकिस्तान  
१०. साउदी अरब  
११. यूएई  
१२. नेपाल  
१३. चीन  
१४. भारत  
१५. इन्डोनेसिया  
१६. रुस  
१७. थाइल्यान्ड  
१८. मलेसिया  
१९. जापान  
२०. फ्रान्स  
२१. अमेरिका  
२२. क्यानाडा  
२३. चेक गणतन्त्र  
२४. इटाली  
२५. स्विट्जरल्यान्ड  
२६. अस्ट्रिया  
२७. इजरायल  
२८. बेलारुस  
२९. इरान  
३०. स्विडेन  
३१. दक्षिण कोरिया  
३२. कतार  
३३. ओमान  
३४. बहराइन  
३५. न्युजिल्यान्ड

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २३:३१
प्रतिक्रिया दिनुहोस्