site stats
बाह्रखरी :: Baahrakhari
देश
खोलामा बगेका बालक मृत भेटिए

भरतपुर । चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् ।

कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए ।

आज घटनास्थलबाट करिब चार किलोमिटर तल कालिका–६ मुलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

बालकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्