site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आकस्मिक बहावको जोखिम रहेको हो । 

ओखलढुंगा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेको हो । 

लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्यादी, स्याङजा, तनहुँ, नवपरासी (पूर्व), नवपरासी (पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, रुकुम (पूर्व), रुकुम (पश्चिम), जाजरकोट र आसपास भएर बहने अधिकांश  नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ । संखुवासभा, खोटाङ, धनुषा, महोत्तरी, सर्लाही, रोल्पा, सल्यान, सुर्खेत, वर्दिया, दार्चुला र आसपासका जिल्ला भर्एर बहने केही नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान छ ।

आगामी तीन दिन नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीको जलसतह सतर्कता तह नजिक पुग्नसक्ने पूर्वानुमान रहेको विभागले बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्