site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरा महानगरको स्पष्टीकरण– कर्मचारीको सरुवा कुनै व्यक्ति वा संगीतप्रति लक्षित छैन

काठमाडौं । पोखरा महानगरपालिकाले कर्मचारी सरुवाको विषयलाई लिएर भ्रामक प्रचार गरिएको स्पष्टीकरण दिएको छ । आइतबार राति महानगरपालिकाले कर्मचारी सरुवा नियमित प्रक्रिया भएको र कुनै व्यक्ति वा गीतसंगीतप्रति लक्षित नभएको दाबी गरेको छ ।

"यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीत संगीतप्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

महानगरले आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खटिएका कर्मचारीहरूमाथि कुनै प्रकारको भेदभाव नराखिएको पनि दाबी गरेको छ । 

महानगरले सामाजिक सञ्जालमा भ्युज बढाउने मनसायले गरिएका भ्रामक प्रचार तथा टीकाटिप्पणीका पछाडि नलाग्न पनि आग्रह गरेको छ ।

पछिल्लो समय पोखरा महानगरपालिकाकी कर्मचारी चन्द्रावती वाग्लेले आफूले बालेन शाहको कामको प्रशंसा गरेर तिजको गीत बनाएपछि आफ्नो सरुवा गरिएको दाबी गरेको भिडियो क्लिप भाइरल बनिरहेको छ ।

Saruwa-1723997973.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्