site stats
बाह्रखरी :: Baahrakhari
देश
दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । दैलेखमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५ बजे दैलेखस्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ ।

सो क्षेत्र भई बहने बेस्तडा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०५:३८
प्रतिक्रिया दिनुहोस्