site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्वतको पन्चासे क्षेत्रमा मध्यम वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो एक घण्टामा पर्वतको पन्चासे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ । बिहीबार राति जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले राती खोला र अन्य ससाना खोलाको बहाब केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सचेत रहन आग्रह गरेको छ ।

यसैगरी, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सजग रहन भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २३:४२
प्रतिक्रिया दिनुहोस्