site stats
बाह्रखरी :: Baahrakhari
देश
भीरबाट लडेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको छेडागाड नगरपालिका–१, जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार घर नजिकैको जंगलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  

जुनीचाँदै गाउँपालिका–११ स्थित खानाखोला तर्दै गर्दा तीन दिनअघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षीय तेजबहादुर रोकायको खोजी भइरहेको छ । हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्