site stats
बाह्रखरी :: Baahrakhari
देश
अरुण नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह 

काठमाडौं । सङखुवासभामा भारी वर्षा भएको छ । अरुण नदी किमाथांका जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी बढ्दो क्रममा रहेकाले अरुण नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन पनि विभागको आग्रह छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्