site stats
बाह्रखरी :: Baahrakhari
देश
लजमा जुवा खेलिरहेका आठजना समातिए
कौडा । प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८, भोटेपुलस्थित कञ्चनजंघा होटेल एन्ड लजको ३०३ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उक्त होटेल सञ्चालक धरान–१६ की ४९ वर्षीया प्रमिला योङदेनसहित आठजना छन् । सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ८६ हजार १० रुपैयाँ, १५ थान कौडा र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्