site stats
बाह्रखरी :: Baahrakhari
देश
चौधरी ग्रुपको नाममा रहेको बाँसबारीको १० रोपनी जग्गा खाली गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित अरूण चौधरीसहित चौधरी ग्रुपको नाममा रहेको १० रोपनी जग्गा खाली गर्न निर्देशन दिएको छ ।

नगर प्रहरीले उक्त जग्गामा रहेको चाँदवाग स्कुलको सबै संरचना हटाएर खाली गर्न निर्देशनसहित सोमबार माइकिङ गरेको हो ।

चप्पल कारखानाको सरकारी जग्गा चौधरी ग्रुपले हडपेको भन्दै अनुसन्धान भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अरूण चौधरीलाई पक्राउसमेत गरेको थियो । सोही जग्गा सरकारले फिर्ता ल्याएसँगै जग्गा खाली गर्न निर्देशन दिएको हो ।

नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले आगामी सोमबारभित्र सरकारी जग्गामा भएको सबै संरचना खाली गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले भने, "हामीले यसअघि नै सोमबारसम्म खाली गर्न जानकारी गराइसकेका छौँ । सोमबारसम्म खाली नभए ताला लगाउछौँ । सरकारी जग्गामा एक मिनेटसमेत बस्ने सुविधा अरूलाई हुँदैन ।"

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्