site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा खोलामा डुबेर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका–१ स्थितमा रहेको देवी खोलामा खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ । 

आइतबार साँझ स्थानीय महेश रसाइलीको ९ वर्षीय छोरा सौरभ खोलामा खेल्ने क्रममा पानीमा डुबेका थिए । स्थानीयले खोलाबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए । अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्