site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बैठकमा प्रस्ताव– हिन्दु सनातन राष्ट्र घोषणा गरौँ, पूर्वीय शिक्षा जोडेर नीति बनाऔँ

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोसी प्रदेशसभा सांसद भीम पराजुलीले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका छन् ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा पराजुलीले करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको मान्यताअनुरूप हिन्दु राष्ट्र घोषणा गर्न माग गरे ।

Argakhachi Cement Island Ad

उनले भने, “यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने प्रस्ताव राख्दछु ।”

देशको समावेशी प्रणालीमा आधारित संघीयता जनभावना जोड्न ल्याएको अवधारणा भएकाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर परम्परागत चलिआएका धर्म संस्कृतिको संरक्षण र सम्बर्धनमा ठोस कदम नचालेमा देश अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

वैदिक सनातन मुन्धुम बौद्धजस्ता आफ्नै माटोमा विकसित धर्म संस्कृतिमाथि हुने प्रहारहरूबाट देशलाई बचाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ । पराजुलीले पूर्वीय शिक्षा पद्धतिलाई समाविष्ट गरी शिक्षा नीति तर्जुमा गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।

पराजुलीले संघीयता खर्चिलो प्रणालीको रूपमा विकसित हुँदै गएको र यसबाट सिर्जित निराशाले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूसमेत गुम्ने खतरा भएको बताए । उनले संविधानको मूल मर्म र भावनामै समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रियसभामा व्यवस्थापन गर्ने, संघीय सांसद र प्रदेश सांसद तथा स्थानीय कार्यपालिकाको सिट संख्या घटाउन प्रस्ताव गरेका छन् ।

"नेपालको संविधान जिल्ला संरचना हटाई जिल्लाअन्तर्गत भइरहेका कामहरूलाई स्थानीय तहमा लगेर खर्च कटौती गर्नेलगायतका कार्यहरूका माध्यमद्वारा सहज र सुलभ सेवा सुविधा आम नागरिकको पहुँचमा पु‍र्‍याउने," उनको प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्