site stats
बाह्रखरी :: Baahrakhari
देश
बूढानीलकण्ठ आसपास भारी वर्षा, विष्णुमतीमा जलसतह बढ्दो
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टा काठमाडौं उपत्यकाको बूढानीलकण्ठ र आसपास भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमती, धोबीखोलामा जलसतह बढ्दो छ । सतर्कता तहमाथि पुग्न सक्ने अनुमान गरिएको छ ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आइतबार बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०५:०४
प्रतिक्रिया दिनुहोस्