site stats
बाह्रखरी :: Baahrakhari
देश
बाजुरामा पहिरोमा परी चारजना घाइते
प्रतीकात्मक तस्बिर ।

बाजुरा । अविरल वर्षाका कारण पहिरो खस्दा बजुरामा चारजना घाइते भएका छन् । हिमाली गाउँपालिका–३, बौडीस्थित गोरुखर्कमा शनिबार बिहान पहिरो खसेको हो ।

पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका हिमाली–३ का वडाध्यक्ष मंगल बुढाले जानकारी दिए । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको उनले बताए । ३० परिवारको बसोबास रहेको उक्त ठाउँमा पशुचौपाया पनि पुरिएका उनले जानकारी दिए ।

पहिरोपीडितको उद्धारका निम्ति प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले बताए । रासस

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्