site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोका–कोला सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्राम २०२४को विजेता घोषणा

काठमाडौं । कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ । कोका–कोला नेपालको महिला सशक्तीकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग रहेको कम्पनीले जनाएको छ ।

सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।

उक्त कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपक सेन्थिल नाथ भने भने, “सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।” 

Argakhachi Cement Island Ad

प्रतियोगिताका लागि १० फाइनलिस्ट चयन गरिएको छ । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए ।

कार्यक्रमभर फाइनलिस्टहरुले लिंग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरुमा भाग लिएका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालमा कोका–कोलाका लागि कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाको भनाइ छ, “महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण छ । सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्राम धेरै महिलाका लागि आशा र अवसरको ज्योति हो ।”

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले एटेलियर कार्यक्रम र सक्षमको लागि कोका–कोलासँगको साझेदारीमार्फत हामीले युवा महिला उद्यमीहरूलाई उनीहरूको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सिर्जना गरिरहेका छौँ ।” 

नगद पुरस्कार र प्रमाणपत्र कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ, कोका–कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रा.लि कि संस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए ।


 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्