site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्ची नदीमा बाढी
फाइल तस्बिर ।

काठमाडौं । मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा गएराति जलसतहले खतराको तह पार गरेको हो । 

मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कताका अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेका छ । 

सुरक्षित स्थानमा बस्न/जान पनि विभागले सचेत गराएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०६:०४
प्रतिक्रिया दिनुहोस्