site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली आकाशमा ४५ वर्षमा ४० हेलिकोप्टर दुर्घटना, ९७ जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा २०३६ सालयता ४० वटा हेलिकोप्टर दुर्घटना भएका छन् । बुधबारको समेत गरी ४५ वर्षमा नेपाली आकाशमा ४० वटा हेलिकप्टर दुर्घटना भएका हुन् ।

बुधबार नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भएको छ । चारजना चिनियाँ नागरिक बोकेर उडेको एयर डाइनेस्टी हेलिकोप्टर उडान गरेको तीन मिनेटमै काठमाडौं टावरसँग सम्पर्कविच्छेद भएको थियो ।

उक्त हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनामा परेको हो । एयर डाइनेस्टीको कलसाइन 'नाइन एन एजेडी' रहेको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिकसहित नेपाली पाइलट थिए ।

हालसम्म भएका ४० दुर्घटनामामध्ये २२ वटा दुर्घटनामा ९७ जनाले ज्यान गुमाएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति भएन ।

  

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्